-तरुण भारती
२०७७ मङ्सिर २६, ताप्लेजुङ। सातौं ‘मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट कान्तिपुरकर्मी ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् ।
मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको पुरस्कार बिहीबार गौतमलाई प्रदान गरिएको हो ।
७२ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार गौतमलाई प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर रानाले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रदेश स्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!