१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने भएको छ ।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले सो निर्णय गरेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरु कमिटीमा त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको ती नेताले बताए ।
माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । स्थायी कमिटीको बसेको बैठकले पास गरेको अन्तरिम विधानअनुसार अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषध्यक्ष रहेको पदाधिकारी टिम बन्नेछ ।
पार्टीका सबै कमिटीमा कम्तीमा २० प्रतिशत युवा (४० वर्षभन्दा कम) लाई समावेश गरिने निर्णय भएको माओवादी केन्द्रको निर्णय छ ।







