११ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामका अग्निपीडितलाई नेपाल दशनामी समाजको प्रदेश कार्य समितिले राहत वितरण गरेको छ । आगलागीबाट घर गुमाएका सिनामको हरन्दी गाउँका अग्निपीडित चार परिवारलाई प्रदेश न. १ समाजले सङ्कलन गरेको राहत रकम जिल्ला कार्य समिति ताप्लेजुङ मार्फत वितरण गरेको हो ।

नेपाल दशनामी समाज ताप्लेजुङका कोषाध्यक्ष राजेन्द्र भारतीका अनुसार प्रदेश १ ले सङ्कलन गरेको ८० हजार ५१० रुपियाँ रकम अग्निपीडित शान्तिराम गिरी, टेकनाथ गिरी, दीपेन्द्र गिरी र दीपक गिरीलाई वितरण गरिएको हो । समाजले आफ्ना परिवारमार्फत रकम सङ्कलन गरेर अग्निपीडितलाई वितरण गरिएको भारतीले जानकारी दिए ।

यता थोरै रकम भए पनि अग्निपीडितको पीडामा मल्हमपट्टी पुग्ने विश्वास नेपाल दशनामी समाज प्रदेश १ का अध्यक्ष चन्द्र गिरिले राख्नुभएकोछ । गत २०७७ साल माघ २० गते भएको आगलागीबाट गिरी परिवारको चार घर जलेर नस्ट हुँदा ५६ लाख ७८ हजार रुपियाँ मूल्य बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!