काठमाडौं, १० वैशाख । नेकपा एमालेले आउदो जेठ ६ गते हुने राष्ट्रिय सभा चुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उमेदवार बनाउने भएको छ ।
एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
राष्ट्रियसभाको उपचुनावमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाड्ने अध्यक्ष ओलीले बताए ।
एमालेमान लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याइने उनले बताए ।
एमालेमा लागेका पूर्वमाओवादी नेता र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने पनि अध्यक्ष ओलीले बताए का छन् ।







