१० बैशाख, काठमाण्डौं । वालुवाटारमै बुधबार दुई घण्टा र त्यस पछि मेरियट होटलमा बिहिबार दिँउसो प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैले निलम्वन गरेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरे । करीब पाँच महिना पछि भएको यो भेटले एमाले पक्तिलाई उत्साहित बनायो । एमाले अब मिल्छ भन्ने धेरैले महसुस गरे पनि मेरियट होटलको बिहिबारको वार्ता पछि नेता नेपालले कुनै प्रगति नभएको सार्वजनिक रुपमा उल्लेख गरे । माधव नेपाल भन्दा अघि नै प्रधानमन्त्री ओली बाहिरिएका थिए ।
पछिल्लो भेटवार्ताको संकेत एमाले भित्र अझै विवाद समाधान भईनसकेको स्पष्ट देखिन्छ ।
सोही दिन साँझ प्रधानमन्त्री ओलीले अर्का नेता वामदेव गौतमसँग बालुवाटारमा भोजन सहितको भेटघाट गरेका छन् । साँझ बालुवाटारमा प्रधानमन्त्री ओली र गौतमबीच कुराकानी भएको र ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहीरहने प्रतिकृया दिएको प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले उल्लेख गरेका छन् ।
सर्वोच्चले एमाले व्युताईदिए पछि फागुण २८ मा बसेको वालुवाटारको केन्द्रीय समिति बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधीकारीको जिम्मेवारी हटाउने निर्णय गरे पछि गौतमले पनि त्यसको बिरुद्ध आक्रामक बक्तव्य दिएका थिए ।
ओली अब कम्युनिष्ट नरहेको टिप्पणी समेत गरेका गौतमले वालुवाटारमै डिनर मिटिंग गरेका हुन् ।
गौतम पार्टी एकता जोगाउन अभियानै सञ्चालन गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया







