ताप्लेजुङ। ताप्लेजुङमा प्रहरीले १२ बोरेको बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी लुङथुङबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका–६ लेलेपबाट २१ वर्षीय मुस्कान दियालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरीका अनुसार दियालीको स्थायी घर झापाको दमक नगरपालिका–५ बेलडाँगी रहेको र हाल उनी फक्ताङलुङ गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका थिए।

प्रहरी टोलीले उनलाई एक थान १२ बोर बन्दुकसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा दाखिला गरेको जनाएको छ।

पक्राउ परेका दियालीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–६ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!