१० असार, ताप्लेजुङ फुङ्लिङ नगरपालिकाले निर्धारित समयभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गरी नगरको विकासमा योगदान पुर्‍याउने निर्माण व्यवसायीलाई सम्मान गरेको छ।

नगरपालिकाको २०औँ नगरसभाको अवसरमा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत पूर्वाधार विकासतर्फ सञ्चालन भएका आयोजनामध्ये सम्झौताअनुसार समयमै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको हो।

यस क्रममा फुङ्लिङ नगरपालिका–५ मा रहेको श्री गंगा जमुना निर्माण सेवा लाई सम्मान–पत्र प्रदान गरिएको छ। नगरपालिकाले उक्त निर्माण कम्पनीले तोकिएको समयसीमाभित्र सन्तोषजनक तथा प्रशंसनीय ढंगले निर्माण कार्य सम्पन्न गरी विकास निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरेको जनाएको छ।
नगरपालिकाद्वारा प्रदान गरिएको सम्मान–पत्रमा निर्माण व्यवसायीले जिम्मेवारीपूर्ण ढंगले कार्य सम्पादन गर्दै नगरको पूर्वाधार विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ। साथै आगामी दिनमा पनि इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै समाज र राष्ट्रको विकासमा थप योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरिएको छ।

सम्मान–पत्रमा फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पन्त, नगर उपप्रमुख भीमा देवी ओझा तथा नगर प्रमुख अमिर मादेन को हस्ताक्षर रहेको छ।
नगरपालिकाले विकास निर्माणका कार्यलाई समयमै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रवाहमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मान प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!