ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक नतिजाअनुसार सिरिजङ्घा जिल्लामै पहिलो भएको हो।
आयोगले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सिरिजङ्घाले ६८.१२ अंक प्राप्त गरेको छ। दोस्रो स्थानमा पाथीभरा याङवरक गाउँपालिका ६५.७२ अंकसहित रहेको छ।
मैवाखोला गाउँपालिका ५८.६८ अंकसहित तेस्रो र मिक्वाखोला गाउँपालिका ५८.५८ अंकसहित चौथो स्थानमा छन्। सिदिङ्वा गाउँपालिका (५७.८९), मेरिङदेन गाउँपालिका (५७.०१) र फक्ताङलुङ गाउँपालिका (५६.७५) क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहेका छन्।
जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका ५०.६५ अंकसहित आठौँ स्थानमा छ भने आठराई त्रिवेणी गाउँपालिका ४१.३१ अंकसहित अन्तिम स्थानमा परेको छ।
प्रकाशित प्रारम्भिक नतिजामा चित्त नबुझेमा ७ दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान रहेको आयोगले जनाएको छ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ अनुसार आयोगले १७ सूचकका आधारमा मूल्याङ्कन गर्दै आएको छ। बजेट पेश तथा पारितको समयावधि, आय–व्यय प्रक्षेपण, विनियोजित रकमको खर्च अवस्था, सूत्रको प्रयोग तथा आवधिक योजना तर्जुमा लगायतका पक्षलाई मूल्याङ्कनको आधार बनाइन्छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!