ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ।
प्रथम स्थान हासिल गर्दै मैवाखोलाले २३ स्वर्ण, २० रजत र १२ कास्य गरी कुल ५५ पदक जितेको छ। यस्तै आठराई त्रिवेणी गाउँपालिका दोस्रो हुँदै १३ स्वर्ण, १३ रजत र २१ कास्यसहित ४७ पदक हात पार्न सफल भएको छ।
फुङलिङ नगरपालिका तेस्रो स्थानमा रहँदै ११ स्वर्ण, आठ रजत र २३ कास्य गरी कुल ४२ पदक जितेको छ। प्रतियोगिता समन्वयको भूमिका निर्वाह गरेको सिदिङ्वा गाउँपालिका चौथो बनेको छ। उसले नौ स्वर्ण, १२ रजत र १६ कास्य गरी ३७ पदक आफ्नो नाममा गरेको छ।
मेरिङदेन गाउँपालिका पाँचौँ स्थानमा रहँदै चार स्वर्ण, पाँच रजत र छ कास्यसहित १५ पदक जितेको छ। मिक्वाखोला गाउँपालिका छैटौँ हुँदै तीन स्वर्ण, पाँच रजत र १७ कास्य गरी २५ पदक जोड्न सफल भएको छ।
सिरिजङ्घा गाउँपालिका सातौँ बनेको छ। उसले दुई स्वर्ण, एक रजत र पाँच कास्य गरी नौ पदक जितेको छ। पाथिभरा याङ्वरक गाउँपालिका आठौँ स्थानमा रहँदै एक स्वर्ण, दुई रजत र दुई कास्य गरी पाँच पदक प्राप्त गरेको छ। फक्ताङलुङ गाउँपालिका अन्तिम (नवौँ) हुँदै पदकविहीन बनेको छ।
गत माघ २३ गतेबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो। जिल्लाका नौवटै पालिकाका विभिन्न विद्यालयहरू प्रतियोगितामा सहभागी थिए। प्रतियोगितामा कुल २३४ पदकका लागि स्पर्धा भएको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष गणेश माबोले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!