ताप्लेजुङ, माघ २४ । जिल्लाको सिदिङ्वा गाउँपालिकास्थित साब्लाखु टावर डाँडामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरेको हो ।
कोशी प्रदेश पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगिता माघ २६ गतेसम्म जारी रहनेछ । उद्घाटन समारोहमा विभिन्न जातजातिका नृत्य प्रदर्शन र केन्जो फुलको प्रतिमा अनावरण गरिएको थियो । सिदिङ्वा गाउँपालिकाले यहाँ केन्जो फुल राजधानि बनाउने पहल अघि सारेको छ ।
प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहबाट छनोट भएका ६६ स्वर्ण, ६६ रजत र ७० काश्य पदकका लागि करिब १,१०० खेलाडी सहभागी छन् । अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश)का अनुसार, उत्कृष्ट खेलाडीलाई आगामी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइनेछ । उद्घाटन समारोहमा विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्ष, कर्मचारी र स्थानीयको उपस्थिती रहेको थियो ।







