काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्।

शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। नेपाली चलचित्रमा ‘खलनायक’ भूमिकालाई पनि नायकसरह चर्चा र सम्मान दिलाउन सफल उनी ‘राते काइँला’ नामले विशेष रूपमा चर्चित थिए।

थापाका परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!