ताप्लेजुङ । ताप्लेजुङ कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक गतिविधि तीव्र बनाएको छ। जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ चुनावी मैदानमा सक्रिय भएसँगै पार्टीले उपसभापति डिल्लीरमण बरालको संयोजकत्वमा संगठन सञ्चालनलाई गति दिएको हो।
बरालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन परिचालन समिति गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ। यसले कांग्रेसको चुनावी रणनीति अब जिल्ला तहमा व्यवस्थित रूपमा अघि बढेको संकेत गरेको छ। पार्टी प्रवक्ता विश्वराज नाल्बोका अनुसार संगठन र अभियान दुवैलाई समानान्तर रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।
यसैबीच उम्मेदवार तुम्याहाङ गाउँ–गाउँ पुग्दै घरदैलो अभियानमा केन्द्रित भएका छन्। संगठन र उम्मेदवारबीचको कार्यविभाजनले कांग्रेसलाई चुनावी प्रतिस्पर्धामा बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!