ताप्लेजुङ । सदा झैं यस वर्ष पनि ताप्लेजुङमा ७औँ बज्र गुरु मन्त्र जप पूजा कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रम १३औँ अवतारी क्याब्जे कुन्देलिङ ताक्छाक रिन्पोछे ज्यूको पावन सामिप्यतामा सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
ताप्लेजुङ बज्र गुरु मन्त्र जप मूल आयोजक समितिका अनुसार कार्यक्रम २०८२ चैत १२, १३ र १४ गते ताप्लेजुङको सुकेटारमा सञ्चालन हुनेछ।
विश्व शान्ति, मानव कल्याण तथा पुण्य लाभको उद्देश्यसहित आयोजना गरिने कार्यक्रममा देश–विदेशबाट श्रद्धालु भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेको छ।







