ताप्लेजुङ । फुङलिङ–९ सिद्दिडाँडा स्थायी ठेगाना भई हाल फुङलिङ–५ न्युरोडमा बसोबास गर्दै आएका भुपेन गुरुङ र गङ्गा गुरुङले निङमा छ्योखोरलिङ गुम्बा निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

आफ्नो १५औँ वैवाहिक वर्षगाँठको अवसर पारेर गुरुङ दम्पतीले रु. १,११,१११/- (अक्षरेपी: एक लाख एघार हजार एक सय एघार रुपैयाँ) गुम्बा निर्माणार्थ दान गर्नुभएको हो।

गुम्बाका संयोजक देवराज गुरुङका अनुसार, पुरानो गुम्बा अब अव्यवस्थित भएको र खतरामा परेको कारणले भत्काएर नयाँ संरचना निर्माण गर्न लागिएको छ। नयाँ गुम्बाको निर्माणको कुल लागत करिब रु. ४ करोड ५० लाख अनुमान गरिएको छ।

उहाँले बताउनुभयो कि धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यो गुम्बा निर्माण कार्य समुदाय, दाता र शुभेच्छुकहरूको सहयोगमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!