ताप्लेजुङ । ताप्लेजुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढेको छ। जिल्लाको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा चर्किएको छ।

मङ्गलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता प्रक्रिया सञ्चालन भएको थियो। यस क्रममा सत्तारूढ, प्रतिपक्षी तथा साना–नयाँ दलसमेत गरी १३ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

ठूला दलबाट नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टीलगायत दलहरूको समेत सहभागिता रहेको छ। यसले ताप्लेजुङको निर्वाचनलाई बहुदलीय र प्रतिस्पर्धात्मक बनाएको छ।

निर्वाचन आयोगका अनुसार ताप्लेजुङ जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन्। मतदान सहज बनाउन जिल्लाभर ८० वटा मतदान स्थलमा १२७ वटा मतदान केन्द्र तोकिएका छन्।
उम्मेदवारी दर्तासँगै अब दलहरू चुनावी प्रचार–प्रसारमा केन्द्रित हुने देखिन्छ। विविध राजनीतिक धारका उम्मेदवारहरू मैदानमा रहेकाले यस पटकको निर्वाचनलाई अर्थपूर्ण र चासोको विषयका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!