माघ २, ताप्लेजुङ। फुङ्लिङ नगरपालिका १० नं. वडामा “सुत्केरीहरूलाई पोषण तथा भेटघाट कार्यक्रम” अन्तर्गत सुत्केरी आमाहरूलाई पोषणयुक्त खाद्य सामग्री र स्वास्थ्य सरसफाई सामग्री वितरण गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य मातृ मृत्युदर घटाउने, सुत्केरी आमाहरूलाई आवश्यक पोषण उपलब्ध गराउने र नवजात शिशुको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने रहेको छ।
कार्यक्रम फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेबी ओझाको उपस्थितिमा सम्पन्न भएको हो। यस अवसरमा वडा अध्यक्ष सन्तोष लिम्बू ले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यस किसिमका कार्यक्रमहरूले आमाहरू र शिशुहरूको स्वास्थ्यमा प्रत्यक्ष योगदान पुर्याउनेछ र समुदायमा स्वास्थ्य सचेतना बढाउनेछ।”
कार्यक्रम मिति २०८२ साल माघ २ गते, शुक्रबार सम्पन्न भएको हो।







