५ लाख ३७ हजार रुपैयाँभन्दा बढी बचत
ताप्लेजुङ, पुष १९ गते। फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा सम्पन्न प्रथम मानाभारा गोल्डकप फुटबल प्रतियोगिताको आय तथा व्यय विवरण सार्वजनिक गरिएको छ। आयोजक समितिले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताबाट ५ लाख ३७ हजार ९३५ रुपैयाँ बचत भएको छ।
आयतर्फ सहयोगी दाताबाट १५ लाख ६९ हजार ८५३ रुपैयाँ, स्थानीय सरकार (पालिका तथा वडा) बाट ३ लाख ५० हजार रुपैयाँ र अन्य संघ–संस्थाबाट ३ लाख २ हजार ०८२ रुपैयाँ संकलन भएको थियो। यसरी प्रतियोगिताबाट कुल २२ लाख २२ हजार ९३५ रुपैयाँ आय भएको आयोजक समितिले जनाएको छ।
व्ययतर्फ प्रतियोगिता सञ्चालन, व्यवस्थापन, पुरस्कार, खेल मैदान तयारी, आवास, यातायात तथा अन्य विविध शीर्षकमा १६ लाख ८५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
कुल आयबाट खर्च कटाउँदा प्रतियोगिताबाट ५ लाख ३७ हजार ९३५ रुपैयाँ बचत भएको आयोजक समितिले जानकारी दिएको छ।
समितिले आय–व्यय पारदर्शी रूपमा सार्वजनिक गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, संघ–संस्था, सहयोगी दाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
आयोजक समितिका अनुसार बचत रकम आगामी दिनमा खेलकुद प्रवर्द्धन तथा सामाजिक गतिविधिमा प्रयोग गरिनेछ। तथा व्यय विवरण सार्वजनिक गरिएको छ। आयोजक समितिले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताबाट ५ लाख ३७ हजार ९३५ रुपैयाँ बचत भएको छ।
आयतर्फ सहयोगी दाताबाट १५ लाख ६९ हजार ८५३ रुपैयाँ, स्थानीय सरकार (पालिका तथा वडा) बाट ३ लाख ५० हजार रुपैयाँ र अन्य संघ–संस्थाबाट ३ लाख २ हजार ०८२ रुपैयाँ संकलन भएको थियो। यसरी प्रतियोगिताबाट कुल २२ लाख २२ हजार ९३५ रुपैयाँ आय भएको आयोजक समितिले जनाएको छ।
व्ययतर्फ प्रतियोगिता सञ्चालन, व्यवस्थापन, पुरस्कार, खेल मैदान तयारी, आवास, यातायात तथा अन्य विविध शीर्षकमा १६ लाख ८५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
कुल आयबाट खर्च कटाउँदा प्रतियोगिताबाट ५ लाख ३७ हजार ९३५ रुपैयाँ बचत भएको आयोजक समितिले जानकारी दिएको छ।
समितिले आय–व्यय पारदर्शी रूपमा सार्वजनिक गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, संघ–संस्था, सहयोगी दाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
आयोजक समितिका अनुसार बचत रकम आगामी दिनमा खेलकुद प्रवर्द्धन तथा सामाजिक गतिविधिमा प्रयोग गरिनेछ।








