ताप्लेजुङ । सिरिजङ्गा गाउँपालिकामा आसन्न निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्ने क्रम तीव्र बन्दै गएको छ। नेपाली कांग्रेसले सिरिजङ्गाकै खेवाङ घर भएका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई गाउँपालिका अध्यक्षको उम्मेदवारका रूपमा अघि सारेको छ।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट सिरिजङ्गाको पेदाङ घर भएका खेलप्रसाद बुढाक्षेत्री (पराग)लाई उम्मेदवार बनाउने सिफारिस गरिएको छ। श्रम संस्कृति पार्टीबाट सिरिजङ्गा याम्फुदिनका सन्तोष राई उम्मेदवार बन्ने चर्चा चलेको छ।
नेकपा एमालेतर्फ पार्टी उप–महासचिव योगेशकुमार भट्टराई (मैयाखोला), पार्टी केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो (पाथीभरा) र क्षितिज थेबे (सिरिजङ्गा) तथा भीमादेवी ओझा (फुङ्लिङ) लाई उम्मेदवारका रूपमा सिफारिस गरिएपछि प्रतिस्पर्धा अझ रोचक बन्ने संकेत देखिएको छ। अन्य दलहरूका उम्मेदवार टुंगो लाग्न बाँकी रहेकाले राजनीतिक माहोल थप उत्साहपूर्ण बन्दै गएको छ।
ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेको
ताप्लेजुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्। शनिबार बसेको पार्टी बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
सिरिजङ्गा गाउँपालिकाको वडा नं. १ सिनाम पञ्चमीमा उम्मेदवारी घोषणा तथा चुनावी प्रचार कार्यक्रमको तयारी गरिएको जानकारी पार्टी जिल्ला उपसभापति दावा शेर्पाले दिएका छन्। पञ्चमी बजार श्रेष्ठको पुर्ख्यौली गाउँ भएकाले स्थानीयस्तरमा उत्साह झन् बढेको छ।
इन्जिनियरिङ पृष्ठभूमिका श्रेष्ठ जलविद्युत् क्षेत्रमा उल्लेखनीय अनुभव भएका व्यक्तित्व हुन्। पछिल्लो समय गायक तथा इन्जिनियरका रूपमा समेत परिचित उनी विभिन्न जलविद्युत् आयोजनामा परियोजना व्यवस्थापक भएर सफलतापूर्वक काम गरिसकेका छन्। गीत–संगीतमा रुचि राख्ने श्रेष्ठले विकास र संस्कृतिको सन्तुलित दृष्टिकोण अघि सार्दै जनताको मन जित्दै आएका छन्।
यसअघि उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका थिए। सक्रिय राजनीतिमा समर्पित हुने निर्णयसहित राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई नयाँ ऊर्जा र वैकल्पिक राजनीतिलाई अघि बढाइरहेका छन्।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सिरिजङ्गा क्षेत्रबाट हुने प्रतिस्पर्धाले स्थानीय विकास, युवाको सहभागिता र नयाँ सोचको राजनीतिलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!