ताप्लेजुङ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका लागि निर्वाचन प्रहरी भर्ना खुलाएको छ।
सूचना अनुसार निर्वाचन प्रहरी पदका लागि ८९२ जना माग गरिएको छ। योग्यता पुगेका नेपाली नागरिकले भदौ २४ गतेदेखि असोज ९ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त जिल्ला प्रहरी कार्यालय तालिमुडु वा सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतका तोकिएका कार्यालयमार्फत बुझाउन सकिनेछ।
निर्वाचन प्रहरीलाई सेवा अवधिभर सरकारद्वारा तोकिएअनुसार पारिश्रमिक, खाजा खर्च तथा अन्य सुविधा उपलब्ध गराइनेछ। समितिले इच्छुक उम्मेदवारलाई तोकिएको मितिभित्र आवेदन दिन अनुरोध गरेको छ।









