ताप्लेजुङ — निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलको निधनपछि संगठनको अध्यक्षको जिम्मेवारी देवराज गुरुङले सम्हालेका छन्।
प्याब्सन ताप्लेजुङको नवौँ जिल्ला अधिवेशनबाट सिग्देलको नेतृत्वमा चयन भएको कार्यसमितिमा गुरुङ उपाध्यक्ष थिए। अध्यक्ष सिग्देलको निधनपछि संगठनको विधानअनुसार गुरुङ अध्यक्षमा चयन भएका हुन्।
कार्यसमितिको सचिवमा तरुण भारती र कोषाध्यक्षमा चन्द्रबहादुर मादेन रहेका छन्। त्यस्तै, सदस्यहरूमा हरिप्रसाद पौडेल, सरोज थापा अनुपमा प्रधान र इन्द्रकुमार सुनुवार चयन भएका छन् भने खेमराज बराल महाधिवेशन प्रतिनिधि रहेका छन्।
प्याब्सन ताप्लेजुङले दिवंगत अध्यक्ष सिग्देलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गरेको छ।







