ताप्लेजुङ — मिति २०८२ साल पुस ०९ गते साँझ करिब ४:३० बजे लागेको आगोले दर्शन हेल्लोक लिम्बुको घरसँगै सपनाहरू पनि खरानी बनाइदियो। एकै क्षणमा वर्षौँको परिश्रमले बनाएको घर पूर्ण रूपमा जलेर नष्ट भयो । आगलागीबाट करिब रु. ९ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगो निभिसक्दा घर त रहेन, तर आशा अझ बाँकी थियो। पीडित परिवारको आँसु र पीडाबीच पनि मानवीय संवेदनाको उज्यालो झिल्को देखियो। परिवारलाई केही राहत, ढाडस र हौसला मिलोस् भन्ने उद्देश्यले तत्काल व्यक्तिगत पहलमा नगद तथा खाद्यान्न सहयोग उपलब्ध गराइएको छ।

फक्तालुङ्गका उपाध्यक्ष विकास साम्रा लिम्बुले दुई बोरा जुनेली चामल, तेल, चाउचाउ, नुन र दाल सहयोग गर्नुभयो। त्यस्तै नेपाली काँग्रेस फक्ताङ्लुङ गाउँपालिका सचिव दिपक ताप्मादेन र ताफेथोक सचिव सुशन ताप्मादेनले जनही रु. ५ हजार नगद सहयोग गर्दै पीडित परिवारको पीडामा साथ दिएको सन्देश दिनुभयो।
घर जले पनि सम्बन्ध जलेन, आँसु झरे पनि मानवता निभेन। सहयोगकर्ताहरूले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज दर्शन हेल्लोक लिम्बु परिवारलाई चाहिएको केवल राहत मात्र होइन, समाजको साथ, सहानुभूति र हौसला हो। विपत्तिको यस घडीमा देखिएको एकताले भोलिका दिनमा नयाँ घर मात्रै होइन, नयाँ आशा पनि बनाउने विश्वास जागेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!