ताप्लेजुङ, पुस १० ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ को एकल नाम सर्वसम्मत सिफारिस गरेको छ।
मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष रहनु भएका दुर्गाहाङ श्रेङचोङबाङको अध्यक्षतामा बसेको पूर्ण बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवार सर्वसम्मत रुपमा सिफारिस गरेको नेकपा नेता विष्णु कुमार हाङबाङले जानकारी दिनुभयो।

पराग यसअघि प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धनतर्फ साझा उम्मेदवार रहँदा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईसँग २ सय ८ मतले पराजित हुनुभएको थियो।

पार्टीले समानुपातिकतर्फ आदिवासी–जनजातिबाट रामचन्द्र पोमु, अल्पसंख्यकबाट दावछिरिङ शेर्पा, महिलाबाट कल्पना तुम्बाहाङफे र खुल्लाबाट असिम लिम्बू, राष्ट्रिय सभाका लागि खुल्लाबाट पर्शु कार्की र दलितबाट नेत्र नेपालीलाई सर्वसम्मत सिफारिस गरेको छ।

फागुन २१ का लागि अधिकांश दलले उम्मेदवार सिफारिसको प्रक्रिया जारी राखेका छन्। नेकपा ताप्लेजुङले पछिल्लो समयमा एकता सन्देश सभाको कार्यक्रमलाई समेत तिव्रता दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!