ताप्लेजुङ, पुस ११ गते । कम्प्युटर एसोसिएसन नेपाल महासंघद्वारा आयोजित सूचना प्रविधि र साइबर क्राइम सम्बन्धी आधारभूत तालिम तथा अन्तरक्रिया कार्यक्रम फुङ्लिङ नगरपालिकामा सम्पन्न भएको छ।

कार्यक्रम फुङ्लिङ–१० स्थित श्री मयम माध्यमिक विद्यालय र फुङ्लिङ–९ हाङदेवास्थित श्री साङक देछयोलिङ गोन्पा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो।

तालिममा विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए।
तालिमका दौरान सहभागीहरूलाई सूचना प्रविधि प्रयोग र साइबर अपराधबाट जोगिने उपायसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको थियो। आयोजकले यस्तो तालिम नियमित सञ्चालन गर्दै स्थानीयस्तरमा डिजिटल सचेतना बढाउने उद्देश्य रहेको जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!