ताप्लेजुङ, पुस ११ गते । सिदिङ्वा गाउँपालिकाले निर्माण गरेको प्रतीक चिह्न (लोगो) मा स्थानीय पहिचान नसमेटिएको भन्दै प्रश्न उठ्न थालेको छ।

गाउँपालिकाको चिनारी झल्काउने भनिएको लोगोमा ताप्लेजुङसँग प्रत्यक्ष सम्बन्ध नदेखिने काठमाडौंस्थित बौद्धनाथ स्तूपाको तस्बिर समावेश गरिएको पाइएको हो।

स्थानीय प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई प्राथमिकतामा राख्नुपर्ने लोगोमा बाहिरी क्षेत्रको प्रतीक प्रयोग गरिएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि देखिएको छ।

यस विषयमा गाउँपालिकाको आधिकारिक धारणा आउन बाँकी रहेको छ।
यसअघि गाउँपालिकाले उक्त लोगो तत्काल प्रयोगमा ल्याउने जनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!