११ पौष, ताप्लेजुङ । जिल्लाको सदरमुकाम फुङ्लिङमा खस आर्यन लोकतान्त्रिक मंच गठन हुने भएको छ। खस–आर्य समुदायको हक, अधिकार, पहिचान र लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले मंच गठनको तयारी गरिएको नेपाली काङ्ग्रेसका नेता राधाकृष्ण बरालले बताउनु भयो।

नेपाली काङ्ग्रेस ताप्लेजुङका पुर्व पार्टी सभापति केशब प्रसाद दाहालका अनुसार मंचले सामाजिक सद्भाव, समावेशी लोकतन्त्र, संविधानप्रदत्त अधिकारको संरक्षण तथा समुदायबीच आपसी सहकार्यलाई प्राथमिकतामा राख्नेछ।

मंच गठनसँगै आगामी दिनमा भेला, छलफल कार्यक्रम तथा संगठन विस्तार गर्ने योजना रहेको पार्टीका बर्तमान कोषाध्यक्ष तारा बरालले जानकारी दिनु भएको छ।

स्थानीय स्तरमै समुदायका साझा मुद्दा उठाउने र सकारात्मक संवादमार्फत समाधान खोज्ने उद्देश्यले मंच अघि बढाइने पार्टीका बर्तमान उपसभापति डिल्लीरमण बरालको भनाइ छ। मंचको औपचारिक घोषणा तथा नेतृत्व चयन प्रक्रिया चाँडै सम्पन्न गरिने बताइएको छ।

मंच गठन भने आगामी एक महिना भित्रै हुने त्यस पछी अरु पालिका हुँदै जिल्लामा गठन गर्न तयारी समिति बनिसकेको नेपाल महिला सङ ताप्लेजुङकि सचिब अन्जना कडरीयाले जानकारी दिनु भएको छ।

आज भएको छलफलमा कृष्णकुमार बस्नेत, मातृका प्रसाद नेपाल, गणेशबबाबु निरौला,इन्द्रनारायण भट्टराई लगायतको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!