ताप्लेजुङ । ल्होसार पर्वको अवसर पारेर ताप्लेजुङ स्पोर्टिङ क्लबको आयोजनामा खुला पुरुष नकआउट फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ। दोस्रो स्व. पदमबहादुर गुरुङको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता फुङ्लिङ नगरपालिका–६ बतासेमा हुने भएको छ।
प्रतियोगितामा जिल्लाभित्रका विभिन्न स्थानीय तहका फुटबल क्लबहरू सहभागी हुनेछन्।प्रतियोगिताले जिल्लामा फुटबल खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेलकुदमार्फत सामाजिक सद्भाव प्रवर्द्धन गर्ने लक्ष्य लिएको अध्यक्ष मणि गुरुङले बताएका हुन्।
खेलतालिकाअनुसार प्रतियोगिता २०८२ मंसिर ११ गतेदेखि सुरु भई १५ गते फाइनल खेलमार्फत समापन हुने छ। फाइनलको दिन स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति समेत रहने सास्कृतिक बिभागका संयोजक सुर्य गुरुङले जानकारी दिनुभएको हो ।
स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको प्रतियोगिताले ताप्लेजुङमा खेलकुद गतिविधिलाई थप उत्साह प्रदान गरेको आयोजकले बताएका छन्।
प्रतियोगितामा विजेता टोलीले नगद १ लाख १५ हजार रुपैयाँ तथा उपविजेता टोलीले ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ।
खेल तालिका:








