ताप्लेजुङ । मानाभारा युथ स्पोर्टिङ क्लब फक्ताङलुङ–२ खेजेनिमको आयोजनामा पुस १५ देखि १९ गतेसम्म सञ्चालन हुने प्रथम मानाभारा आमन्त्रण गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ।
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत खेलतालिका सार्वजनिक गरिएको हो। खेजेनिमस्थित आहालेटार खेलमैदानमा हुने प्रतियोगितामा जिल्ला बाहिरको एक र जिल्लाभित्रका सात गरी आठ टिम सहभागी हुनेछन्।
जिल्ला बाहिरबाट रामेछापको लिखुभुजी युवा क्लब सहभागी हुँदैछ। अन्य टिममा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लब, लालीगुराँस फुटबल क्लब सुरुङ्खिम, सिँवा स्पोर्टिङ क्लब सिँवा, नवप्रयास युवा क्लब हाङ्देवा, प्रगतिशील युवा क्लब लिङ्तेप, माछापोखरी हिटी क्लब चाँगे र जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघु रहेका छन्।
आयोजकका अनुसार उद्घाटन खेल पुस १५ गते आयोजक र माछापोखरी हिटी क्लब चाँगेबीच हुनेछ। पुस १६ गते दुई खेल हुनेछन् भने सेमिफाइनल पुस १८ र फाइनल पुस १९ गते आयोजना गरिनेछ।
विजेता टोलीले नगद ३ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५२ हजार ८२ रुपैयाँ पाउनेछ। प्रतियोगिता पर्यटन प्रवर्धनको उद्देश्यसहित आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!