ताप्लेजुङ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय सदस्य तथा प्याब्सन ताप्लेजुङका वर्तमान सल्लाहकार दिनेश भट्टराईज्यूको परिवारले फुङ्लिङ नगरपालिका–५ मा रहेको एकमात्र सामुदायिक विद्यालय पाथीभरा आधारभूत विद्यालयमा अक्षय कोषको स्थापना गर्नु भएको छ।
विद्यालयलाई स्वर्गीय हजुरआमा महेन्द्रा देवी भट्टराईको स्मृतिमा एक लाख एकाउन्न हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्नुभएको हो।
विद्यालयको शैक्षिक विकास, गुणस्तर अभिवृद्धि र विद्यार्थी हितका कार्यक्रम सञ्चालनका लागि उक्त कोष प्रयोग गरिने बताइएको छ।
समाजप्रतिको उत्तरदायित्व पूरा गर्दै गरिएको यस सहयोगप्रति विद्यालय परिवार उत्साहित भएको जनाइएको छ।
भट्टराई कन्चन एकेडेमीका सस्थापक पनि रहनु भएको छ।
पाथीभरा आधारभूत विद्यालयले भट्टराई परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।







