ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा भालुको आतंक बढेको छ । भालुको आक्रमणबाट दुई परिवारका पाँच पशुचौपाया क्षतिग्रस्त भएका छन् ।
वडाध्यक्ष लक्षुमन गुरुङका अनुसार स्थानीय भगिमान गुरुङका तीन खसी तथा नारायणप्रसाद गुरुङका एक भेडा र एक खसीमाथि भालुले आक्रमण गरेको हो । आक्रमणमा केही पशु मरेका छन् भने केही गम्भीर घाइते छन् ।
भालुको बिगबिगी बढेपछि वडाध्यक्षले जंगलमा घाँस–दाउरा गर्दा र हिँडडुलमा सतर्क रहन स्थानीयलाई आग्रह गरेका छन् । डिभिजन वन कार्यालय ताप्लेजुङले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।







