-तरुण भारती
ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक सुमन अधिकारी २०८२ साल मंसिर महिनाको ‘महिनाको उत्कृष्ट ट्राफिक प्रहरी (Traffic Police of the Month)’ घोषित हुनुभएको छ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले अधिकारीलाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको हो।
कार्यालयका अनुसार अधिकारीले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै जिम्मेवार, कर्तव्यनिष्ठ र लगनशील रूपमा कार्य सम्पादन गर्दै आउनुभएको छ। सवारी दुर्घटना न्यूनीकरण, सवारी चेकजाँच, ट्राफिक अनुशासन कायम गर्न तथा शंकास्पद अवस्थामा रहेका सवारी साधनको निगरानी र अनुसन्धानमा उहाँको भूमिका प्रभावकारी रहेको जनाइएको छ।
त्यसैगरी, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको नव निर्मित कार्यालय परिसर व्यवस्थापन, कार्यालय अगाडि मेसिनरी वाल (पर्खाल) निर्माण तथा बजार क्षेत्रमा अस्तव्यस्त रूपमा रहेका सवारी पार्किङलाई व्यवस्थित बनाउन उहाँले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको मूल्याङ्कनमा उल्लेख छ।
उत्कृष्ट कार्यसम्पादनको उच्च कदर गर्दै प्रहरी सहायक निरीक्षक सुमन अधिकारीलाई २०८२ साल मंसिर महिनाको ‘महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!