ताप्लेजुङ ।
ताप्लेजुङमा दृष्टिविहीन व्यक्तिहरूका लागि आधारभूत कम्प्युटर तालिम सुरु गरिएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोग तथा नेत्रहीन सङ्घ ताप्लेजुङको आयोजनामा तालिम सञ्चालनमा ल्याइएको हो ।
शनिबार फुङलिङ बजारमा आयोजित उद्घाटन समारोहमार्फत तालिमको औपचारिक शुभारम्भ गरिएको नेत्रहीन सङ्घ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
शनिबारबाट सुरु भएको उक्त तालिम आगामी माघ २० गतेसम्म सञ्चालन हुने अध्यक्ष लिम्बूले बताउनुभयो । तालिम फुङलिङस्थित युनिभर्सल इन्स्टिच्युटमा सञ्चालन भइरहेको छ भने प्रशिक्षकको रूपमा सुजता लिम्बूले सहजीकरण गर्नुहुनेछ ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख अमिर मादेनले दृष्टिविहीन व्यक्तिहरूलाई पनि कम्प्युटर तथा सूचना प्रविधिमा दक्ष बनाउने उद्देश्यसहित तालिमको व्यवस्था गरिएको बताउनुभयो । प्रविधिमा पहुँच बढाएर आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!