ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा सडक निर्माण भइरहेकै बेला सुख्खा पहिरो खस्दा स्काभेटर पुरिएको छ। तेल्लोक–फुन्द्रवा सडक विस्तारका क्रममा फुन्द्रवा भीरबाट एक्कासि झरेको पहिरोले स्काभेटर पुरेको हो।

बिहीबार बिहान करिब ११ बजे भएको घटनामा मानवीय क्षति नभएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभयो। उहाँका अनुसार स्काभेटर चालक समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो दुर्घटना टरेको हो।

तीन दिनअघि मात्र सुरु गरिएको उक्त सडक निर्माण आयोजना करिब डेढ करोड रुपैयाँको लागतमा अघि बढाइएको गाउँपालिकाले जनाएको छ। पहिरोपछि निर्माण कार्य अस्थायी रूपमा रोकिएको छ भने जोखिम मूल्याङ्कनपछि मात्र काम पुनः सुरु गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!