ताप्लेजुङ ।
ताप्लेजुङ रनको अध्यक्षमा दिनेश खवास चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको पहिलो साधारण सभा तथा अधिवेशनले खवासको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा उत्सव साँवा, सचिवमा लक्ष्मी काफ्ले, कोषाध्यक्षमा बिनोद भारती तथा सहसचिवमा रेजिना गौतम चयन हुनुभएको छ ।
“स्वस्थ शरीर, सुन्दर मन — स्वास्थ्य नै सबैभन्दा ठूलो धन” भन्ने नाराका साथ प्रत्येक शनिबार नियमित रूपमा रन कार्यक्रम सञ्चालन गरिने नव निर्वाचित अध्यक्ष खवासले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङ रनले निरन्तर कार्यक्रम सञ्चालन गर्नेछ ।







