ताप्लेजुङ, मंसिर ८ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बामा आगलागीपीडित परिवारलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले आर्थिक तथा वस्तुगत सहयोग प्रदान गर्नुभएको छ। मन्त्री हाङगामले प्रत्येक पीडित परिवारलाई ६ हजार रुपैयाँ राहत वितरण गर्दै विपद्को घडीमा सरकार सदैव नागरिकको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

तेम्बामा सुरु भएको फङ्कङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला उद्घाटनका क्रममा मन्त्री हाङगामले आगलागीले प्रभावित छ वटा घरपरिवारलाई राहत हातेमालो बढाउनुभएको हो। सहायक सचिव अशोक आङबुहाङका अनुसार राहत प्राप्त गर्नेहरूमा राजकुमार साँवा, अनिल साँवा, इन्द्रकुमार साँवा, बिष्णु साँवा, पासाङफुटी शेर्पा र दोर्ची शेर्पा रहेका छन्।

यसैबीच, स्थानीय इन्द्रबहादुर साँवा फाउण्डेसनले पनि आगलागीपीडित प्रत्येक परिवारलाई ब्लाङ्केट सहितका न्यानो कपडा वितरण गरेको छ। फाउण्डेसनका संस्थापक इन्द्रबहादुर साँवाका छोरा हर्कबहादुर साँवाले कठ्याङ्ग्रिदो चिसोमा पीडित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो।

मंसिर २ गते राति तेम्बा बजारमा लागेको भीषण आगलागीबाट ४ घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो भने ६ परिवार बिस्थापित भएका थिए। आगलागीबाट अलैंची लगायतका मूल्यवान सामग्री नष्ट हुँदा करिब १ करोड १९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

आगलागीपीडितको राहत र पुन:स्थापनामा सहयोग पु¥याउने उद्देश्यले फङ्कङदेन झरना पर्यटन विकास समितिले मेलास्थलमै दान पेटिका स्थापना गरेको छ। मन्त्री हाङगामले स्वयं दान पेटिकामा सहयोग राशि हस्तान्तरण गरेपछि पीडित परिवारका लागि दान अभियानलाई औपचारिक रूपमा खुला गरिएको समितिका कार्यवाहक अध्यक्ष नुपुछिरिङ शेर्पाले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!