ताप्लेजुङ ।
सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार रहँदै सिद्धार्थ बैंक लिमिटेडको ताप्लेजुङ शाखाले फुङलिङका दुई विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। बैंकले फुङलिङ नगरपालिका–८ स्थित मेवाराजा आधारभूत विद्यालय र फुङलिङ नगरपालिका–५ स्थित पाथीभरा आधारभूत विद्यालयलाई १–१ थान स्टिल दराज र १–१ थान कार्यालय प्रयोजनका टेवल प्रदान गरेको हो।

बैंकका शाखा प्रवन्धक घनेन्द्र गुरुङका अनुसार विद्यालयहरूको शैक्षिक वातावरण सुदृढ बनाउने उद्देश्यले यो सहयोग गरिएको हो।
उहाँका अनुसार, यसअघि पनि सिद्धार्थ बैंकले ताप्लेजुङ जिल्ला अस्पताललाई ह्विल चेयर तथा डस्टबिन प्रदान गर्दै आएको छ।

सिद्धार्थ बैंक लिमिटेडले फुङलिङमा ८ वर्षदेखि बैंकिङ सेवा प्रवाह गर्दै आएको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको निजी वाणिज्य बैंक मानिने सिद्धार्थ बैंकको स्थापना वि.सं. २०५९ सालमा भएको हो।

समुदायमै रहेर सेवा र सहयोगमा सक्रिय सिद्धार्थ बैंकले आगामी दिनमा पनि स्थानीय विकासका क्षेत्रमा साथ निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!