ताप्लेजुङ – फुङलिङ नगरपालिका ८ ले आफ्नो वडा भित्र मृत्यु भएका परिवारका सदस्यलाई १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । घरदेखि घाटसम्म पुर्याउन शव बोक्ने वाहनको भाडासम्म भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले वडाले यस्तो कार्यक्रम सञ्चालन गरेको वाड अध्यक्ष क्षितिज सुनुवार बताउनु भयो । भाडा अभावमा घण्टौंसम्म शव बोकेर खोलामा पुग्नुपर्ने अवस्थामा थोरै भए पनि सहयोग हुने उदेश्यले अघिल्लो आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

वडाका सुत्केरी महिलाले १० हजार रुपैयाँ बराबरको सहयोग गर्दै आएको सुनुवारको भनाइ रहेको छ ।हरेक सुत्केरी महिलाले एउटा कुखुराको भाले, अण्डा, पोसिलो खानेकुरा, घिउ लगायतका सामाग्री प्राप्त गर्दै आएका छन् । सुत्केरी भएको सातादिन नबित्तै वडाध्यक्ष सुनुवारसहित वडाका जनप्रतिनिधि यस्ता सामग्री बोकेर सुत्केरीको घरमै पुग्छन् ।

त्यही सन्दर्भमा घरायसी अवस्था अवलोकन गछर्न र महिला तथा दलित महिला सदस्य मार्फत सुत्केरी महिलाको अवस्था बुझ्छन् । थप सहयोग गर्नुपर्ने अवस्था भए नगरपालिका उपप्रमुखसँग समेत परामर्श गरेर सुत्केरी महिलालाई सहज वातावरण बनाउँदै आएका छन् ।

यो कार्यक्रम सञ्चालन भएको दुई आर्थिक वर्ष भइसकेको छ । वडाले गर्ने कार्यक्रम तय गरेपछि नगरसभामा पेश गछर्न । नगरसभाले पारित गरेपछि कार्यान्वयन सुरु हुन्छ । यस आर्थिक वर्षका लागि पनि यो कार्यक्रम भइ नै राखेकोछ । तर यस आर्थिक वर्षमा भने यस वडाका सुत्केरी महिला र मृतक परिवारले यस्तो सहयोग पाएका छैनन् ।

वडाध्यक्ष क्षितिज सुनुवार आफैँपनि शोकमा पर्नुभयो । आफूसँग रहेका बाजे कर्ण सुनुवारको श्रावण १८ गते निधन भयो । पारिवारिक शोकमा परेका उहाँको बाजेको १३ औं दिनको किरिया तथा ४५ औं दिनको कार्यमा व्यस्त हुनुभयो । घरायसी समस्या सुल्झाएपछि वडाका सुत्केरी र मृत्यु भएका परिवारको तथ्याङ्क सङ्कलनमा वडा कार्यालय जुट्यो । साउन यता दर्जनको हाराहारी सुत्केरी र आधा दर्जन मृत परिवार छन् । उनीहरूका लागि करिव दुई लाख रुपैयाँ आवश्यक पर्छ । यो सहयोगका लागि फुङलिङ नगरपालिकाको आर्थिक तथा प्रशासनिक शाखामा पेश्की रकम मागे । तर प्रशासन शाखाले सङ्घीय सरकारबाट टुक्रे योजना कटौतीको निर्देशन आएकाले दिन नमिल्ने निर्णय सुनायो ।

तर आफुले ऋण खोजेर भएपनि दिनुपर्ने अवस्था रहेको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘अहिले यस्तो परेका परिवारले फोन गरेर सोधिरहेका छन् दशैं अगाडीनै ऋण खोजेर पनि उपलब्ध गराउनु पर्ने अवस्था भएको छ र सडकहरु मर्मत गर्नुपर्ने आवष्यकता छ ।’ विपन्न परिवारको वसोवास भएको क्षेत्रमा सुत्केरी महिला र किरिया खर्च वापत दिइने रकमको पनि आशा गर्ने र कहिले पाइन्छ भनेर फोन गरेर सोध्ने गरेक अध्यक्ष सुनुवार को भनाइ रहेको छ । अर्थ मन्त्रालयले तल्लो निकायलाई यस्ता विषयमा प्रष्ट्याउनु पर्ने उहाँ जस्ता वडाध्यक्ष माग छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!