तेस्रो’अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप २०८२ ‘ को सेमिफाइनल समीकरण पूरा भएको छ।

मङ्गलबार अन्तिम क्वार्टरफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर विरुद्ध सलहेस क्लब सिराहाले शानदार जित निकालेसँगै सेमिफाइनल समीकरण पुरा भएको हो।

सिराहाले पाँचथर विरुद्ध ६ -० को को नतिजा निकाल्यो ।

खेलको पाँचौँ मिनेटमा सदिया आदमले गोल गर्दै सुरुवाती अग्रता बनाए ।३५ औँ मिनेटमा सुजित बुढाथोकीको गोल मार्फत अग्रता दोब्बर बनाएको सिराहाले पुनः ३७ औ मिनेटमा युसुफ मालिकको गोलमार्फत ३–०को स्थिति बनायो ।चौथो गोल भने सिराहाले फिदिमको तर्फबाट आत्मघाती गोल उपहार पायो।

सिराहाको तर्फबाट युसुफ मालिकले ६६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अङ्क दुरीलाई ५ -० बनाए ।

८०औँ मिनेटमा मोहित गुरुङको गोल सँगै सिरहाले फिदिमको हारलाई पक्का गरिदियो

खेलमा दुई गोल गरेका युसुफ आजको खेलको ‘म्यान अफ दि म्याच ‘ भए।

आजको खेलमा जित निकालेको समूह ‘बी ‘मा रहेको सलहेस क्लबले अब सेमिफाइनल चरणमा साउन २९ गते रेडस्टार झापासँग खेल्नेछ ।

झापाले प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा पोखराको सहारा क्लबलाई १ – ० ले पराजित गर्दै सेमिफाइनल चरणमा आइपुगेको हो।

बुधबारबाट सुरु हुने सेमिफाइनल चरणको पहिलो खेलमा समूह ‘ए’का द यङ ब्रदर्स क्लब इटहरी र चर्च ब्वाईज क्लब ललितपुर खेल्नेछन् ।

क्वाटरफाइनल चरणमा सुनसरीले ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लबलाई २ – १ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनल चरणमा स्थान बनाएको थियो भने चर्च ब्वाईजले भारतीय टोली लिजेन्ड फुटबल एकेडेमीलाई १ – 0 ले पराजित गरेको थियो ।

सेमिफाइनल चरणका दुई खेल पश्चात श्रावण ३० गते भने खेलमैदानमा विविध संस्कृति कार्यक्रम गर्ने आयोजक लाखे जात्रा सञ्चालन समितिले बताएको छ।

यो संस्करणको विशेषता टोलीले नगद रु ७ लाख २ हजार ८२ प्राप्त गर्दा उपविजेताले ३ लाख ५० हजार ८२ प्राप्त गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!