२५ श्रावण, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप प्रतियोगितामा पोखराको सहारा क्लब पराजित भएको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाको रेड स्टार फुटबल क्लबसँग २–० गोलले पराजित भएको हो ।
झापाको लागि सविन लिम्बुले ७७ औँ मिनेट लिएको अग्रतासगै दोस्रो हाफमा पेनल्टी सुटआउट दुई गोल गरेका थिए ।
जितसँगै झापाले सेमिफाइनलको यात्रा पक्का गरेको छ । अब झापाले सिरहा र पाँचथरबिचको विजेतासँग खेल्नेछ । सोमबार प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा समूह ‘ए ’ का चर्च बोइज क्लब ललितपुर र भारतको लेजेन्ड फुटबल एकेडेमी सिलिगुढी मैदान उत्रँदैछन्।
भारतका एक सहित नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ ।







