२५ श्रावण, ताप्लेजुङ ।
विद्युत प्राधिकरणको लापरबाही भन्दै आइतबार विद्युत प्राधिकरण ताप्लेजुङलाई २१ हस्ताक्षरीत ज्ञापन पत्र बुझाएको शिला इजमले जानकारी दिनु भएको छ।
पछिल्लो समयमा धेरै विद्युत अवरोध भएर सास्ती खेप्नु परेको पत्रमा उल्लेख छ। जिल्लामा विद्युतको लापरबाहीका कारण उच्च जोखिम भएको छ।
`उपभोक्ताहरुलाई विना सुचना कहिले घण्टौं सम्म विद्युत नआउने विच विचमा विधुत लाइन झ्याप झ्याप भइदिने जसको कारण उपभोक्ताहरुले अति सास्ती खेपिरहेका छन। महत्वपूर्ण उपकरणहरु विग्रिने र सर्टसर्किट भई जलेर नष्ट हुने भईरहेको छ । उक्त कार्यलाई पटक पटक विद्युत प्राधिरकरण ताप्लेजुङ वितरण केन्द्र लाई जानकारी गर्दा समेत कार्यालयवाट वेवस्ता भईरहेको छ । यस्ता चरम प्राविधिक दुरुपयोग लापरवाहीले गर्दा भोलि गंभिर दुर्घट्ना निम्त्याउन सक्दछ । त्यसकारण सम्वन्धित निकायको तत्काल ध्यानकर्षण गराउन चाहान्छौ ।´ इजम ले भन्नू भयो।
यता विद्युत प्राधिकरणका कार्यालय प्रमुखले भने बर्षायाम भएकाले काहीँ पहिरो गएर अवरुद्ध हुने त कहिले केन्द्रिय लाइन मै समस्या भएको बताउनुहुन्छ। आफुहरुले सकेसम्म अवरुद्ध हुन नदिएको जिकिर गर्नुभयो।
गत वर्ष आठराइ तृबेणी गाउँपालिका एक महिलाको करेन्ट लागेर मृत्यु भएको थियो भने यसैसाल पाथीभरा जाने क्रममा गाडिमा करेन्ट लाग्दा १ जनाले ज्यान गुमाउनु परेको थियो।
हेर्नुहोस बिज्ञप्ती:









