ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीले विजयको यात्रा सुरु गरेको छ । द योङ ब्रदर्श क्लब इटहरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो जित सुरु गरेको हो ।

भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको उद्‌घाटन खेलमा विजय यात्रा सुरु गर्दै द योङ ब्रदर्श क्लब इटहरीले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । खेलको २६ औं मिनेटमा आयोजकको तर्फबाट संजय श्रेष्ठले गोल गरे पस्चात टिमलाई अग्रता लिएको थियो ।

तर, खेलको ७०औं मिनेटमा द योङ ब्रदर्श क्लब इटहरीका निरज खड्काको गोलसगै टिमलाई बराबरीमा ल्याउन सफल भए । पुनः खेलको ७४औं मिनेटमा द योङ ब्रदर्शकै योगन राईले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाउन सफल भए । यो सँगै द योङ ब्रदर्श क्लब इटहरीले विजयको यात्रा सुरु गरेको छ ।

यस्तै भोलि सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच खेल हुनेछ । साउन २७ गते हुने क्वाटर फाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच भिडन्त हुनेछ । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

आयोजकले दर्शकका लागि क्वाटर फाइनल चरणका चार ओटा खेलहरूका लागि एक सय रुपियाँ, सेमिफाइनलमा दुई सय र फाइनलमा दुई सय पचास रुपियाँ टिकट दर निर्धारण गरेको छ । टिकट काटेर मैदान प्रवेश गर्ने दर्शकका लागि हरेक दिन गोलाप्रथाको माध्यमबाट एउटा स्मार्ट फोनको साथमा पावर बैँक र एयर बड समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

मैदानमा करिब ९ हजार बढी दर्शक व्यवस्थापनका लागि बाँसबाट निर्मित अस्थायी तथा स्थायी प्याराफिटहरु रहेका छन् । हरेक दर्शकको निगरानीका लागि यस वर्षदेखि मैदान आसपासका क्षेत्रमा सिसिटिभी समेत जडान गरिएका आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!