ताप्लेजुङ । ताप्लेजुङका एक युवक खुकुरी प्रहारबाट घाईते भएका छन् । मेरिङ्देन गाउँपालिका -३ दोभान निबासी नबिन शेर्पा घाइते भएका हुन् ।

शेर्पालाई साउन २० गते फुङ्लिङ नगरपालिका- २ स्थित हेलिप्याडमा खुकुरी प्रहार भएको थियो । करिब राति १०ः४० बजे तिर हेलिप्याडमा रितिक लिम्बू र आबिष्कार लिम्बु सहित अन्य ब्याक्तिहरु सँंग झगडा हुँदा उक्त घटना भएको सुचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार रितिक लिम्बुले धारिलो हतियार प्रहार गर्दा शेर्पाको ढाडमा चोट लागि घाइते भएका हुन् ।

घाइते शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । सामान्य चोट लागेकाले उपचार पश्चात घाइते शेर्पा घर फर्किएको प्रहरीको भनाई छ ।

खुकुरी प्रहार गरी फरार रहेका रितिक लिम्बू सहित अन्यको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!