-तरुण भारती
२७ असार, ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङको प्रशिक्षण बिभागले एक दिने लघु प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार ताप्लेजुङ उद्योग वाणिज्य संघको सभाहलमा प्रशिक्षण कार्यक्रम गरेको हो ।
प्रशिक्षण बिभागका सभापति डिल्लीरमण बरालको अध्यक्षता एवं नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्याहाङले पार्टी सुदृढिकरणका लागि लागिपर्न सम्पूर्ण नेता कार्यकर्ताहरूमा अनुरोध गर्नुभयो । उहाँले कांग्रेसले हरेक संरचना क्रियाशील भएर लागेको बताउदै प्रशिक्षणले कांग्रेसप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा डिल्लीरमण बराल, गजेन्द्रप्रसाद तुम्याहाङ, माला पालुङ्वा, सुरेन्द्र बस्नेत, केशबप्रसाद दाहाल र मातृका शेर्पा लगायतका नेताहरुलेप्रशिक्षण दिनुभएको थियो। नेताहरूले नेपाली कांग्रेसको एतिहासिक पृष्ठभुमी, राष्ट्रियता लोकतन्त्र र समाजवाद, समसामयिक राजनिति,उद्घोषण र सामाजिक संजालका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
मातृका शेर्पाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव सुरेन्द्र बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश क्षेत्रिय पदाधिकारी,जनप्रतिनिधिहरु, सदस्यहरू, वडा समितिका सभापति, सचिवहरूको सहभागिता रहेको थियो







