-तरुण भारती
फुङ्लिङ नगरपालिका वाड न. -६ को बिहीवारेमा अवस्थित ताप्लेजुङ बुद्ध इङ्लिस बोर्डिङ स्कुलले आफ्नो वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रममा नगरप्रमुख, सोहि वाडका वाड अध्यक्ष, पत्रकार, विभिन्न संघसस्थाका प्रतिनिधि ,विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयका सञ्चालक इन्द्रकुमार गुरुङका अनुसार कार्यक्रमले विद्यालय र विद्यार्थीहरूका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। “विद्यार्थीहरूको कला, संस्कृति, नृत्य र शैक्षिक प्रस्तुतिले कार्यक्रमलाई अझै जीवन्त बनाएको थियो,” उहाँले भन्नुभयो।

कार्यक्रममा नृत्य, गायन, कविता वाचन जस्ता विभिन्न प्रस्तुति गरिएको थियो। साथै, छात्रछात्राहरूको शैक्षिक प्रगति तथा अतिरिक्त क्रियाकलापमा आधारित पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो।

धेरै लामो समयसम्म कार्यरत शिक्षक रवि लिम्बुलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ।

विद्यालयका प्रिन्सिपल समेत रहनु भएका गुरुङका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने मात्र होइन, अभिभावक र विद्यालयबीचको सम्बन्धलाई समेत प्रगाढ बनाउने कार्य गर्छ। “हाम्रो उद्देश्य शिक्षा मात्र होइन, समग्र व्यक्तित्व विकासमा केन्द्रित छ,” उहाँले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अमिर मादेन निजि विद्यालयको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँका अनुसार निजि विद्यालयका जेहेन्दार विद्यार्थीलाई नगरपालिकाकै बजेटमा डाक्टर समेत पढाइ रहेको जानकारी दिनु भएको छ।

उत्सवमा अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। अभिभावकहरूले बालबालिकाको प्रस्तुति हेरेर उत्साहपूर्वक प्रतिक्रिया जनाएका थिए। एक अभिभावकले भने, “विद्यालयले यसरी कार्यक्रम आयोजना गरेर हामीलाई बालबालिकाको प्रतिभा नजिकबाट बुझ्न सहयोग गरेको छ।”

विद्यालयको वार्षिक उत्सवले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र दिएन, अभिभावकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने पुलको काम पनि गर्‍यो। स्थानीय समुदायमा समेत यस कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ।

कार्यक्रमको समापनमा विद्यालय प्रशासनले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ प्रभावशाली कार्यक्रम गर्ने प्रतिबद्धता जनायो। बिद्यालयले हरेक बर्ष बार्षिक उत्सव मनाउँदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!