ताप्लेजुङ – ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाकै बसिन्दा रहेका २३ बर्षीय ती पुरुषले १५ बर्षीया नाबालिकालाई गत कार्तिक २९ गते बिभिन्न डरत्रास र धम्की दिई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक बिबेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पिडक पुरुषलाई खोजतलास गर्ने क्रममा सोमबार पक्राउ गरिएको हो । यस्तै उनलाई मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धन सुरु गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय