
फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका -८ ले सुत्केरी महिलालाई भाले उपहार वितरण गर्दै आएको छ।
वडा अध्यक्ष क्षितिज सुनुवारले आफ्नो वडाभित्र रहेका सुत्केरी महिलालाई घर मै पुगेर भाले वितरण गर्दै आएको बताउनुभएको छ।
सुत्केरी महिलालाई पोषणयुक्त खाना आवश्यक पर्ने भएकाले भाले अलवा ज्वानो आवश्यक पर्ने लुगा धुने साबुन, नहुने साबुन, घिउ, तेल, अण्डा, नुन समेत वितरण गरेको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो।
वडाभित्र सत्रौँ पटक सुत्केरी महिलालाई विभिन्न पोषणयुक्त खानेकुरा वितरण गरिसकेको अध्यक्षको भनाइ रहेको छ।
फुङ्लिङ नगरपालिका वाड न. -८ ले वडाभित्रका नागरिकलाई काजकिरिया खर्च बापत नगद १० हजारसमेत बितरण गर्दै आएको छ।







