ताप्लेजुङ – नेकपा एमाले मैवाखोला गाउँ कमिटीको अधिबेशन सम्पन्न भएको छ । मंगलबार नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईको प्रमुख अतिथ्यतामा सुरू भएकाे अधिबेशनले सर्वसम्मत रुपमा पालिका कमिटी चयन गरेको एमाले नेता तथा प्रदेश सल्लाहकार परिषद सदस्य गोपाल थोप्राले जानकारी दिनुभयो ।

अधिबेशनबाट राजन थक्लुङको नेतृत्वमा ३८ सदस्यीय पालिका कमिटी चयन भएको छ । थक्लुङ सोही गाउँपालिकाका पर्वअध्यक्ष समेत हुनुहुन्छ । उपाध्यक्षमा पबित्रा तमाङ, सचिव थर्क कुमार चोङवाङ (दिवस) तथा उपसचिबद्धयमा रामकुमार दर्नाल (बि.क) र विष्णु वनेम सर्वसम्मत चयन हुनुभएको हो । निर्वाचित नयाँ कार्य समितिलाई एमाले जिल्ला कमिटी ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाङफेले कार्यकालको शुभकामना सहित शपथ ग्रहण गराउनु भएको छ ।

अधिबेशन एमाले सचिव भट्टराई, एमाले पोलिट्व्युरो सदस्य तिलकुमार मेन्याङ्बो, पूर्व मन्त्री टंक आङ्बुहाङ लगायतको उपस्थिती रहेको थियो । हिजो बाट सुरु भएको अधिबेशन अध्यक्षमा सहमति हुन नसकेकाले आज बिहान मात्र सम्पन्न भएको थोप्राले जानकारी दिनभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय