ताप्लेजुङ । ताप्लेजुङ पत्रकार महासङका पुर्व अध्यक्ष एवम नागरिक दैनिक ताप्लेजुङका पत्रकार साथै उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी सम्मानित हुनुभएको छ ।ताप्लेजुङमा पत्रकारीता क्षेत्रमा रहि विशिष्ट योगदान पुर्‍याउन सफल एक निडर एवम कुसल पत्रकारको रुपमा परिचीत अधिकारीलाई जिल्ला समन्वय समिती ताप्लेजुङले बुधबार आठौँ जिल्ला सभामा सम्मान गरेको हो ।

स्थानिय खोज पत्रकारीतमा अब्बल रहेका अधिकारीलाई प्रतिनीधि सभाका सदस्य एवं पुर्व मन्त्री योगेश कुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोले दोसल्ला ओढाएर साथै सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

जिल्लाकै एक खोज पत्रकारको रुपमा परिचित पत्रकार अधिकारी ताप्लेजुङमा रहेर विगत लामो समयदेखी सक्रिय रुपमा पत्रकारीता गर्दै आउनु भएकोछ ।

आउँदा दिनमा अझ ताप्लेजुङलाई जहाँकहि परिचित गराउन कतिपनि कन्जुस्याइँ नगर्ने र यो सम्मानले अझ हौसला बढेको पत्रकार अधिकारीको भनाइ रहेकोछ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय