
१ कार्तिक, ताप्लेजुङ । साईकल दुर्घटनामा परेर घाईते भएका फुङिलङ नगरपालिकाका एक युवालाई उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा नम्वर ३ बस्ने विवस मगरको उपचारको लागि संकलित रकम युवा नेतृ अन्जना कडरियाले बिरामीका बुबा गणेशबहादुर मगरलाई हस्तान्तरण गर्नुभएको हो ।
कडरियाले आफुले उपचारार्थ देश तथा विदेशबाट १ लाख ६८ हजार १ सय ७० रुपैंया रकम संकलन गरि हस्तान्तरण गरेको बताउनुभयो ।
गत चैत्रमा दुर्घटना परेर झापा स्थित विर्तासिटी अस्पतालमा उपचारत मगरको टाउको र चिउडोमा गम्भिर असर परेको छ । उपचारका क्रममा ठुलो धनरासी खर्च भईसकेको र कमजोर आर्थिक अवस्थाको कारण उनको उपचारको लागि देशविदेशबाट सहयोग संकलन भइ रहेको बुबा गणेशबहादुर मगरले जानकारी दिनु भयो ।
यति धेरै रकम संकलन गरि हस्तान्तरण गरेकोमा कडरियालाई बिरामीमका बाबुले धन्यवाद दिदै भन्नुभयोर्, तपाईको यो गुन कहिले बिर्सने छैनौं आगामी दिनको लागि धैरै धैरै शुभकामना र सहयोगी हातहरुप्रति हार्दिक आभार छु ।’
कडरियाले यसअघि पनि सिदिङ्वा गाउँपालिकाकी तिर्सना राईलाई उपचारार्थ १९ हजार ५ सय रुपैंया संकलन गरि हस्तान्तरण गरेको बताउनुभएको छ ।
अन्जना हाल नेपाली काङ्ग्रेस ताप्लेजुङको भाद्री सङगठन नेपाल महिला संघको सचीव समेत रहनुभएको छ।