-तरुण भारती
२४ असोज, ताप्लेजुङ। विजया दशमी तथा दिपावलीको अवसर पारेर ताप्लेजुङमा व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । इन्द्रेणी हलमा विहिवार सम्पन्न भएको प्रतियोगिता विभिन्न तिन ओटा इभेन्टमा संचालन गरिएको थियो । जसमा पुरुष खुल्ला तर्फ बसन्त गुरुङ र प्रेमराज लिम्बुको जोडिले प्रथम स्थान हासिल गरेको थियो भने मिलिन गुरुङ र सरोज लिम्बुको जोडि द्धितिय बनेका थिए। उनिहरुले क्रमशः नगद बिस हजार सम्मान पत्र र मेडल र पन्ध्र हजार रुयौंया, सम्मान पत्र र मेडल हात पारेको जिल्ला व्याटमिन्टन संघका अध्यक्ष सुरेश लिम्बुले जानकारी दिनुभएको छ ।
content/uploads/2024/10/inbound2549433780072701972.jpg” alt=”” width=”2048″ height=”1536″ class=”aligncenter size-full wp-image-15758″ />

त्यस्तै महिला खुल्ला तर्फ भने नुमा लिम्बु र भावना केदेमको जोडि प्रथम बनेसँगै सरुना गुरुङ र मनिता गुरुङ द्धितिय बने । उनिहरुले क्रमशः नगद पन्ध्र हजार, सम्मान पत्र र मेडल र नगद दश हजारसहितसम्मान पत्र र मेडल प्राप्त गरे ।

यता जुनियर डवलमा भने मिसेकहाङ चोङ्वाङ र डेविट गुरुङको जोडि उपाधिको दावेदार बनेसँगै प्रकास लिम्बु र रविन सुनुवारको जोडिले द्धितियमै चित्त बुझाउनु परेको थियो । उनिहरुले क्रमशः नगद पन्ध्र हजार, सम्मान पत्र र मेडल र नगद दश हजारसहितसम्मान पत्र र मेडल प्राप्त गरेको सिंघकले बताउनुभयो ।

प्रतियोगिता भरिमा उत्कृष्ट महिला उदयमान खेलाडीका रुपमा निशुम गुरुङ, निरुषा लिम्बु र लिना गुरुङ सवित भइ नगद पन्ध्र सय रुपैंयासहित पुरस्कृत भए भने पुरुष तर्फ सविन गुरुङ र करन लिम्बुले नगद दुई हजार सहित उदयमान खेलाडीमा आफ्नो नाम सुरक्षित गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजनको रुपमा शिव आइरन प्रालि, झापा र सह प्रयोजनमा पाथीभरा हार्डवेरका प्रोपाइटर कृष्ण गुरुङ , फुङिलङ नगरपालिका वाड नं.६ रहेको थियो।
असोज २३ गते उद्घाटन भइ २४ मा सम्पन्न प्रतियोगितामा फुङिलङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन, जिल्ला प्याब्सन ताप्लेजुङका पदाधिकारी लगायत सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको अध्यक्ष सिंघकले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय