भदौ २८ गते । ताप्लेजुङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित खगेनसिंह हाङ्गाम कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्री बनेका छन् । काग्रेस सभापति शेर वहादुर देउवा निकट हाङ्गाम पहिलो पटक नै सांसद भएर मन्त्री हुन सफल भएका हुन् । रेडियो ताप्लेजुङको विहानको ९ बजेको ताप्लेजुङ डायरीमा संक्षिप्त कुरा गर्दै हाङ्गामले भने,‘मलाई सरकारमा पठाउनेगरि केन्द्रबाट निर्णय भयो । म पदमा रहेर इमान्दारितापूर्वक कार्यसम्पादन गर्नेछु ।’ मन्त्री हुन कतिको गाह्रो भयो भन्ने जिज्ञासामा हाङ्गामले भने,‘पार्टीमा योगदान र भुगोलका आधारमा मन्त्री भएको हुँ । म शपथ ग्रहणका जान लागेको छु । अरु माननीय ज्यूहरु पनि आउनुभएको छ ।’ हाङ्गामले जिल्लाबासीलाई धन्यबाद दिएका छन् । काग्रेसले कोशी प्रदेश सरकारमा जाने निर्णय डेढ महिना अगाडी गरेको थियो ।







